आफ्नै २ विद्यार्थी बलात्कार गर्ने शिक्षक सार्वजनिक

काभ्रे । जिल्ला प्रहरी कार्यालय, काभ्रेले आफ्नै २ विद्यार्थी बलात्कार गर्ने शिक्षक सोमबार सार्वजनिक गरेको छ ।

बलात्कारको आरोपमा बेथानचोक गाउँपालिका वडा नं. ४ मा रहेको कालिका माध्यामिक विद्यालयमा सामाजिक तथा नैतिक शिक्षा पढाउने राहत कोटाका ३१ वर्षका शिक्षक शंकर पहरीलाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो

शिक्षक पाहरीले कक्षा ५ मा अध्ययन गर्ने नौ बर्षका दुई बालिकालाई पटक–पटक बलात्कार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी गरेपछि शिक्षक पहरीलाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।

प्रहरीले पक्राउ लगत्तै असोज १८ गते अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले पत्रकार सम्मेलनमा बताए । साथै उनले अनुसन्धान जारी रहेको बताए ।

र यो पनि पढ्नुहोस्

नैतिक शिक्षा पढाउने शिक्षक २ छात्रा बलात्कारको आरोपमा पक्राउ

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।