रोशी गाउँपालिकाका अध्यक्ष लामा सहितको टोली यातायात अनुगमानमा

रोशी । हिन्दु नेपालीहरुको महान पर्व दशैंमा यात्रुहरुलाई ठकेको छ कि छैन भनि रोशी गाउँपालिका अध्यक्ष डिबी लामा आफै बिपिराजमार्गमा निस्केका छन् ।

रोशी गाउँपालिकाका अध्यक्ष लामा सहितको टोली यातायात अनुगमानमा

दशैं मनाउन घर फर्किने क्रममा यात्रुहरुलाई तोकिएको भन्दा धेरै भाडा लिएको छ, छैन भनि अध्यक्ष लामो राजमार्गमा सवारी रोकेर अनुगमन गरेका हुन् ।

रोशी गाउँपालिकाका अध्यक्ष लामा सहितको टोली यातायात अनुगमानमा

बिपि राजमार्ग हुदै चल्ने हाइस माइक्रो, सुमो बसमा यात्र गर्ने यात्रुहरुसंग टिकटकोबारेमा अध्यक्ष लामाले सोधपुछ गरेका थिए । ‘घर फर्किंदा लामो यात्रामा हुने झन्झट, यात्रुको आरक्षण सिटअनुसारको ब्यवस्था समय समयमा आरम भएको छ, छैन भन्ने बिषयमा चालक सहित यात्रुहरुसंग कुराकानी भएको हो ।’ अध्यक्ष लामाले भने, ‘दशैमा घर हिडेका यात्रुहरुलाई तोकीउको भाडादर भन्दा बढी लिएको छ कि भनेर अनुगमन गरेको हुँ ।’

रोशी गाउँपालिकाका अध्यक्ष लामा सहितको टोली यातायात अनुगमानमा

यात्रुसँग अध्यक्ष लामाले यात्राको क्रममा कुनै खाले समस्याहरु आएमा जुनसुकै समयमा गाउँपालिकाले सहयोग गर्ने बताएका थिए । चाडको बेला हुने मनपरी भाडा दर र यात्रुको सहज यात्राको लागि जिल्ला ट्राफिक प्रहरी कार्यलय, जनप्रतीनिधि, इलाका प्रहरी मंगलटार र पत्रकार सहितको टोलीले राजमार्गमा सयुक्त अनुगमन गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।