रामेछाप दाेरम्बा गाउँपालिका वडा न. ७ थापागाउँ पाेङ्दीका धनबहादुर तामाङले विद्यालयकाे ऋण तिर्न २ राेपनी जग्गा दान गर्नु भएकाे छ ।
भूकम्पले तहसनहस गराएकाे श्री भिमेश्वर मा.वि.लार्इ एसिया बिकास बैंकले पर्याप्त जग्गा नभए भवन निर्माणकाे लागि ऋण सहयाेग नदिने भएकाे थियाे । त्यसैले हामीले स्थानीय ऋणबाटै ८ राेपनी जग्गा किनेर एसिया बिकास बैंकलार्इ निर्माणकाे प्रस्ताव राख्याैं ।’ हाल साेही जग्गामा अाधुनिक सुविधा सम्पन्न विद्यालय भवन निर्माण भैसकेकाे छ तर छाेटाे समयमा जग्गा उपलब्ध गराउन स्थानीयहरूसंग लिएकाे ऋणकाे रू ९ लाख हाल सम्म चुक्ता गर्न नसकेकाेले भवन हस्तान्तरण कार्यक्रम नै ढिला भएकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रविनकुमार माेक्तानले बताउनुभयाे।श्री भिमेश्वर मा.वि.ले अायाेजना गरेकाे हिन्दुहरूकाे महान चाड बडादशैं तथा शुभ दिपावली शुभकामना अदान प्रदान तथा विद्यालय सहयाेगार्थ बृहत साँस्कृतिक कार्यक्रम २०७५ मा जग्गा धनी धन बहादुर तामाङले विद्यालयकाे ऋण तिर्न २ राेपनी जग्गा दान गरेकाे लिखित घाेषणा गर्नु भएकाे थियाे । प्रमुख अतिथि दाेरम्बा गाउँपालिकाका प्रमुख कमान सिह माेक्तानकाे अातिथ्यमा कार्यक्रम सम्पन्न भएकाे थियाे भने कार्यक्रमकाे प्रमुख उदेश्य अार्थिक संकलन गरेर विध्यालय निर्माणकाे लागि खरिद गरेकाे जग्गाकाे ऋण तिर्ने रहेकाेे थियाे ।
यसैगरी मितेरी समाज दुबईबाट रु.१५,५४४ प्राप्त भएकाे थियाे । स्थानीय तथा अन्य समाजसेवीहरूबाट उक्त कार्यक्रममा जम्मा रू ८७ हजार सहयाेग प्राप्त भएकाे विद्यालयका प्र.अ. गणेश बहादुर नगरकाेटीले बताउनु भयाे भने अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले रु.१ लाख दिने प्रतिवद्धता जाहेर गरेकाे सारा खबरलार्इ जानकारी प्राप्त भएकाे छ ।
प्रमुख अतिथि दाेरम्बा गाउँपालिकाका प्रमुख कमान सिंह माेक्तान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रविन कुमार माेक्तान, विद्यालयका प्र. अ. गणेश बहादुर नगरकाेटी, दुबइमा बस्दै अाइरहेका साेही वडाका किशाेरी माेक्तान (सन्ध्या सुस्केरा) लगायत अन्य अतिथिहरूले पाेङ्दीका धन बहादुर तामाङलार्इ दाेसल्ला अाेढाएर सम्मान गर्नु भएकाे थियाे । विद्यालयकाे ऋण तिर्न विभिन्न संघ सस्थाले सहयाेग गर्ने बचन दिनु भएकाे छ भने मिसन नेपालका महासचिव मिलन कुमार लामाले विद्यालयकाे बाँकी ऋण चुक्ता गर्न अावश्यक पहल गर्ने बचनवद्धता गर्नु भएकाे छ ।
श्री भिमेश्वर मा.वि.काे अायाेजनामा र दुबइमा बस्दै अाइरहेका साेही वडाका किशाेरी माेक्तान (सन्ध्या सुस्केरा) काे विशेष पहलमा दशैंकाे शुभकामना अदान प्रदान तथा वृहत साँस्कृतिक कार्यक्रम अायाेजना भएकाे थियाे।कार्यक्रममा बिशेष अतिथिमा उपाध्याक्ष कृसला घिसिङ , वडा अध्यक्ष रेम बहादुर थापा मगर, वडा न. ६ का वडा अध्यक्ष अम्बिका गजुरेल, मिसन नेपालका महासचिव मिलन कुमार लामा, कम्युनिस्ट पार्टीका स्थानीय नेता हिरा बहादुर श्रेष्ठ, सारा खबर.कमका पत्रकार बिकास बाबु श्रेष्ठ,दाेरम्बा गाउँपालिकाका स्वास्थ्य प्रमुख चिनी माया बल, गायिका किशाेरी लामा माेक्तान (सन्ध्या सुस्केरा) संगितकार तथा गीतकार लाल बहादुर याेन्जन , नायिका तथा गायिका सुनिता लुङबा, गायिका सर्मिला थिङ, स्थानीय कलाकार मिलन माेक्तान लगायत अन्य स्थानीय समाजसेवीहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।
संगितकार तथा गायक लाल बहादुर याेन्जन , नायिका तथा गायिका सुनिता लुङबा, गायिका सर्मिला थिङ, साेही विद्यालयका भुतपूर्व विद्यार्थी गायिका, मोडेल तथा रचनाकार किशाेरी लामा माेक्तान (सन्ध्या सुस्केरा), स्थानीय कलाकार मिलन माेक्तान र पाेङदीला च्याङबा सन्जिब तामाङ अादिकाे बेजाेड प्रस्तुतिमा स्थानीयबासी सांगितिक माहाेलमा झुमेका थिए । विद्यालय र स्थानीय संघ सस्थाका बालबालिकाहरूकाे नृत्यले चर्काे घामलार्इ भुलाएकाे थियाे ।

कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रबिन कुमार मोक्तानले गर्नु भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।