धनुषा । देशैभरि बलात्कार र हत्याको श्रृंखला चलिरहेको बेला धनुषामा फेरि एक बालिकाको बलात्कार गरि हत्या गरेको छ ।
धनुषाको औरही गाउँपालिका–१ की बालिकालाई दुईजनाले बलात्कार गरेको हो । बलात्कार पछि हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् ।
घर नजिकै दुर्गापूजाको मेला हेर्न गएकी मुनिषाकुमारी यादव शुक्रबार साँझ हराएपछि उनका आमाबुबाले तत्काल प्रहरीलाई जानकारी दिएका थिए । प्रहरीले जानकारी पाउनसाथ खोजविनका क्रममा औरही–२ का रामआशिष साहको धानखेतबाट शव भेटिएको थियो ।
पक्राउ पर्नेहरुमा औरही –५ परवाह मुखिया टोलका ३२ वर्षका विनोद मुखिया र औरही ३ परवाह का ३० वर्षका नथुनी पण्डित रहेका छन् । मुखियाले बालिकालाई पैसा दिएर फकाएको अनुसन्धानको क्रममा थाहा भएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने मुखिया र पण्डितले अभियोग स्वीकार गरेको र घटनाको अनुसन्धान भइरहेको डीएसपी दिपेन्द्र शाहीले जानकारी दिए ।






















