रिपोर्टर्स क्लब द्वार सञ्चारकर्मी सम्मानित

मोहन तामाङ
संखुवासभा । रिपोर्टर्स क्लब नेपाल जिल्ला शाखा संखुवासभाले आयोजना गरेको बिजय दशमि तथा शुभ दिपावलि शुभकामना आदन प्रदान कार्यक्रममा सञ्चारकर्मी रेडियो संखुवासभाका प्रस्तोता तथा प्राविधिक रोशन दीप राई सम्मानीत भएका छन् ।

जिल्ला स्थित रहेर शारीरिक रुपमा अस्वास्थ्य भएर पनि २०६८ सालदेखि विभिन्न सञ्चार माध्यममा क्रियाशिल भई निरन्तर सञ्चार क्षेत्रमा योगदान पु¥याएको भन्दै शाखाले सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले दशैं तथा तिहारको शुभकामना दिदैं चाडबाड मनाउने क्रममा कानुनले बन्देज गरेका क्रियाकलाप नगर्न अनुरोध गरे । यसै बिच प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले सञ्चारकर्मीहरुले समाज रुपान्तरण र विकास निर्माणमा खेलेको भुमिका महत्वपूर्ण रहेको भन्दै निरन्तर कर्तव्य निष्ठ भएर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि पत्रकार तथा सञ्चारकर्मीहरुले दशैं तथा दिपावलीको शुभकामना व्यक्त गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।