काभ्रे । जिल्लाको रोशी गाउँपालिका वडा नं. ११, कालढुंगा स्थित विपि राजमार्गमा सोमबार सवारी दुर्घट्ना हुँदा श्रीमान्–श्रीमति कै मृत्यु भएको छ भने उनीहरुको १२ वर्षिय छोरा गम्भिर घाईते भएको छ ।
काठमाडौंबाट पूर्वतर्फ गइरहेको बा ७५ प १९४९ नम्बरको स्कुटर र विपरित दिशाबाट आइरहेको बीआर ३२ जे ३४७५ नम्बरको स्कारपियो एकआपसमा ठोकिए पछि दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका स्कुटर चालक दोलखा जिल्ला शैलुङ गाउँपलिका–७ का ३५ वर्षीय को सोनाम लामाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यू भएको थियो भने स्कुटरमा सवार लामाको श्रीमती ३० वर्षीया बिमला लामाको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए । त्यसैगरि उनीहरुको १२ वर्षीय छोरा मनिष लामा गम्भीर घाइते रहेकाले धुलिखेल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि थापाथलिस्थित नर्भिक अस्पतालमा रिफर गरिएको डिएसपी गिरीले बताए ।
प्रहरीका अनुसार ठोकिएको स्कारपियो र चालकलाई इलाका प्रहरी कार्यालय मंगलटारको नियन्त्रणमा लिएको छ ।






















