८ महिने शिशुको बलात्कारपछि हत्या गर्ने साह दुई महिना पछि पक्राउ

जनकपुर । २ महिना अघि एक ८ महिने शिशुको बलात्कारपछि हत्या गरेर फरार रहेका अभियुक्त भरत शाह पक्राउ परेका छन् ।

८ महिने शिशु सोनाली चौधरीको बलात्कार पछि हत्या भएको २ महिना पछि महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वा बस्ने २५ वर्षीय साहलाई प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त साह प्रदेश नम्बर १ स्थित मोरङको भण्टाबारीबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

महोत्तरीको भंगहा प्रहरी चौकीमा केहि महिना अघि इन्चार्जको रुपमा कार्यरत्त रहेका प्रहरी सहायक निरीक्षक अवधलाल साहको टोलीले भरत साहलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

स्थानीय व्यवसायी सन्तोष चौधरीकी छोरी सोनाली गत भदौ ९ गते साँझ आमाकै काँखबाट खेल्दै गरेको बेला भरत साहले खेलाउन मागेर लगि बलात्कारपछि हत्या गरेर आप बगैचामा फालेका थिए ।

उनले शिशुलाई मागेर लगेको फुटेज व्यवसायी चौधरीको पसलमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको थियो । त्यहि फुटेजको आधारबाट हत्यारा साह नै रहेको पहिचान भएको थियो । तर घटना अभियुक्त साह लुकिछिपी भाग्दै आएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।