नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. २, सेल्फीडाँडा स्थित विपि राजमार्गमा मोटर साईकल दुर्घट्ना हुँदा दुई प्रहरी घाइते भएको छ ।
शनिबार रामेछापबाट काठमाडौं तर्फ आउँदै गरेको बा ५३ प ४८६७ नं.को मोटर साईकल दुर्घट्ना हुँदा दुई जना प्रहरी घाइते भएका हुन् ।
घाइते हुनेहरुमा मोटर साईकल चालक रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १ घर भई हाल वर्ष ३९ को प्रहरी हवलदार भुपाल थापा र ट्राफिक पहरी जवान वर्ष २४ को दिपक थापा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीका अनुसार घाइते मध्य प्रहरी हवलदार थापा गम्भिर घाईते भएका छन् भने प्रहरी जवान थापा सामान्य घाइते भएका छन् । घाइते दुवैजनालाई उपचारको लागि धुलिखेल अस्पतालमा लगिएको भएपनि उपचार हुन नसकेपछि नर्भिक अस्पताल काठमाडौंमा लगिएको प्रहरीले जानकारी दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























