काभ्रे । जिल्लाको बनेपा शहरमा रिक्सा चलाउँदै आएका रिक्सा चालक एकहप्तादेखि बेपत्ता भएका छन् ।
सिन्धुली जिल्ला साविकको पुराना झाँगाझोली गाविस वडा नं. ८ घर भई बनेपा नगरपालिका वडा नं. ९ शाही टोल बस्ने वर्ष ४२ को बखतबहादुर तामाङ कार्तिक २ गतेदेखि बेपत्ता भएका हुन् ।
इलाका प्रहरी कार्यालय बनेपाका इन्पेक्टर निरन्जन भट्टराईका अनुसार बेपत्ता तामाङको खोजी कार्य जारी रहेको बताएका छन् । बेपत्ता तामाङका श्रीमति शान्त कुमारी तामाङ आफ्नो पतिको खोजी कार्य गर्न सबैमा अनुरोध समेत गरेकी छिन् ।
यसरी भएको थियो बेपत्ता
१५ बर्षदेखि बनेपामा रिक्सा चलाउदै आएका तामाङ दशैंमा घर गएका थिएनन् । उनका श्रीमति शान्त, १ छारो र २ छोरी भने दशैंमा घर गएका थिए ।
दशैंपछि कार्तिक ५ गते छोरीहरु घरबाट बनेपा फर्केपछि बुबालाई कोठामा नभेटेपछि बेपत्ता भएको खुलेको थियो ।
कार्तिक २ गते राति १२ बजेसम्म रुममै रहेको बेपत्ता तामाङसँगै सुतेका अर्का रिक्सा चालक शर्मा गोलेको भनाईलाई उदृत गर्दै श्रीमति तामाङले तेमाल अनलाईनलाई जानकारी दिएका छन् ।
बेपत्ता तामाङ फेला परेमा आफ्नो मोवाइल नम्बर ९८२३८०२७०९ मा सम्पर्क गर्न उनको श्रीमति शान्तले याचना गरेका छन् ।





















