काभ्रे । जिल्लाको रोशी गाउँपालिका वडा नं. ११, डालेवेशी स्थित विपि राजमार्गमा मोटरसाईकल दुर्घट्ना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार काठमाडौंबाट खुर्कोटतर्फ जाँदै गरेको बा ४ ख ६४१ नम्बरको बस र खुर्कोटबाट काठमाडौं आउँदै गरेको बा ५३ प ७७९६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालक उदयपुर जिल्ला कटारी नगरपालिका वडा नं. ५ बस्ने वर्ष ४५ का शम्भु कुमार पोखरेलको मृत्यु भएको हो ।
दुर्घट्नापछि गम्भिर घाइते भएका पोखरेललाई उपचारका लागि धुलिखेल अस्पताल लगेका थिए । उनको मृत्यु अस्पतालमा भएको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















