काठमाडौ । आज नेपाल राष्ट्रिय तामाङ घेदुङद्वारा राजधानीको बसुन्धारास्थित केन्द्रीय कार्यालयमा एक समारोहका बिच नेपालको तर्फबाठ सन १९८६ सोल ओलम्पिकमा तेक्वान्दो तर्फबाट मुलुकको लागि काश्य पदक बिजेता एब दर्जनौं अन्तर्राष्ट्रिय प्रतिस्ठित प्रतियोगितामा पदक बिजेता बिधान लामालाई विशेष सम्मानको आयोजना गरिएको हो।कार्यक्रमको प्रमुख अतिथि पुर्ब उद्योग राज्यमन्त्री रेशम लामाले प्रमाणपत्र एवम् खदा ओडाएर सम्मान गर्नु भएको हो। सोही अबसरमा बोल्दै प्रमुख अतिथि लामाले मुलुककै एतिहासिक ब्यक्तित्वको सम्मान गर्न पाउँदा खुशी र गर्व महसुस भएको बताउनु भयो । सम्मानित भएपछि ओलम्पिएन खेलाडी बिधान लामाले आफ्नो जातीय सस्थाले पहिलो पटक सम्मानको आयोजना गरिएकोमा खुशी हुदै मन्तव्यको क्रममा आयोजक समितीलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा तामाङ समुदायका लब्दप्रतिस्ठित ब्याक्तित्वहरु डिके बुदिस्ठ ,शसस्त्र प्रहरीबल पुर्ब एआइजी डा.कृष्ण कुमार तामाङ ,समाजसेबी एवम् नायिका सुकमाया मोक्तान लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो।नेपाल तामाङ राष्ट्रिय घेदुङका अध्यक्ष वीर बहादुर योन्जनको सभापतित्वमा भएको कार्यक्रममा नेपाल तामाङ राष्ट्रिय घेदुङ खेलकुद प्रमुख डिएन घिसिङले स्वागत गर्नु भएको कार्यक्रममा कार्यबाहक महासचिब प्रबिन बलले सञ्चालन गर्नुभएको थियो।
सोही अबसरमा राष्ट्रिय घेदुङका बरिस्ठ उपाध्यक्ष शान्ता लामा, के.सदस्यीय बिकाश ब्लोन, हिरा गोले, धन बहादुर तामाङ, बबिता योन्जन, प्रहरी उपरीक्षक निर्मल लामा, रास्ट्रीय तामाङ घेडुङ इजरायलकि उपाध्यक्ष निरु मोक्तान, नेपाल युबा मगर संघका अध्यक्ष जय बुढामगर, समाजसेबी तस्बिर मोक्तान, राष्ट्रिय घेदुङ सञ्चार बिभागका अध्यक्ष कर्म लामा, सास्कृतिक बिभागका महासचिब गायक जगत घिसिङ र सचिब गायक अबिसेक तामाङ लगाएतको उपस्थित रहेको थियो।






















