काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले तिहार, छठ तथा नेपाल संवत् ११३९ को अवसरमा शुभकामना आदानप्रदान तथा जलपान समारोहको आयोजना गरेका छन् ।
कात्तिक १६ गते दिउँसो २ बजे उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा शुभकामना आदानप्रदान तथा जलपान समारोह आयोजना गरिएको छ ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीना , पुर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति हुने उपराष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।
























