काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा )का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको सम्झनामा खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

दोलखामा मंसिर १ गतेदेखि हुने प्रथम प्रकाश स्मृति कप–२०७५ को उद्घाटन प्रचण्डले गर्नेछन् भने समापन प्रकाश पत्नि तथा खानेपानीमन्त्री बीना मगरले गर्नेछिन् ।

मंसिर १ गतेदेखि दोलखाको चरिकोट टुडिखेलमा रिजनेम नेपाल नामक संस्थाको आयोजना तथा दोलखा फुटबल संघको सह(आयोजनामा हुने प्रतियोगितामा १२ टीम सहभागी हुने कार्यक्रम संयोजक मिनकुमार शिवाकोटीले बताए ।

उनका अनुसार खेलमा प्रथम हुने टीमलाई २ लाख ५० हजार र दोस्रो हुनेलाई १ लाख २५ हजार नगद पुरस्कार दिने बताए । त्यस्तै तृतिय स्थानका लागि खेल्ने दुबै टीमलाई ३०र३० हजारका दरले दिइने बताए । त्यसैगरी उत्कृष्ट किपर, डिफेण्डर, स्टाइकर, हाई स्कोरर, म्यान अफ द टुनामेन्टलाई १० हजारका दरले दिईने छ ।

त्यस्तै उद्घाटन र समापनको दिन साँस्कृतिक कार्यक्रम पनि हुने भएको छ । कार्यक्रममा जेवि टुहुरे, प्रमोद खरेल, चेतन सापकोटा र माण्डपि त्रिपाठी लगायत स्थानीय कलाकारहरुले मनोरञ्जन दिनेछन् ।

Comments

comments