नेकपा अध्यक्ष प्रचण्ड र महाचिव पौडेल बनेपा आउने

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेल आउँदो कार्तिक २० गते बनेपा आउने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले आयोजना गरिएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष प्रचण्ड र महासचिव पौडेल आउने भएको हो ।

बनेपमा रहेको अरनिको पार्टी प्यालेसमा हुन गइरहेको उक्त कार्यक्रमको तयारी पूरा भएको नेकपाका नेता सूर्यमान दोङ (लालध्वज)ले तेमाल अनलाईनलाई जानकारी दिएको छ ।

चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम रहेता पनि पार्टी एकताको सन्देश दिन यो कार्यक्रमको आयोजना गरिएको बुझिएको छ । जिल्ला भरिको कार्यकर्ता, सुभेच्छुक, जनतालाई समेत निमन्त्रणा गरिएको यस कार्यक्रम पार्टी एकता पछिको सबैभन्दा ठूलो कार्यक्रम हो । उच्च नेतृत्वकै सहभागीतामा गर्न लागेको यस कार्यक्रमको ऐतिहासिक महत्व रहेको नेकपाका नेताहरु बताउँछन् ।

पार्टी एकताको प्रक्रियामा काभ्रे जिल्लामा व्यापक असन्तुष्टि बढेपछि पार्टी जिल्ला कमिटि घोषणा गर्न सकिएको छैन । त्यसैले केन्द्रीय नेतृत्वले काभ्रेलाई विशेष रुपमा हेरेको अनुमान छ ।

कार्य क्रम दिउँसो १२ बजेबाट शुरु हुने आयोजकले जानकारी दिएको छ ।

Comments

comments