मण्डनदेउपुरमा भएको रहस्यमय सवारी दुर्घट्नाको छानविन टोली गठन

धुलिखेल । गन शनिबार काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ६ स्थित भाङ्गेटारमा भएको सवारी दुर्घट्नको छानविन गर्न एक टोली गठन गरेको छ ।

घट्ना रहस्यमय बन्दै गएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक दीपक गिरीको संयोजकत्वमा एक छानविन समिति गठन गरेको हो ।

दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुशीलकुमार भण्डारी, पत्रकार जीवन पराजुली लगायत तीन जनाको मृत्यु भएको थियो ।

छानविन समितिमा प्रहरी निरीक्षक दीपक राय, जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक निशेष चापागाईं तथा अन्य दुई जना सहायक प्रहरी अधिकृत सदस्य रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख तथा प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार छानविन समितिले यथाशिघ्र घट्नाको सत्य तथ्य छानविन गर्ने छ । घटनामा सामान्य घाइते भएका गाडीधनी एवं चालक प्रदीप बोगटीलाई कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक खड्काले तेमाल अनलाईनलाई बताए ।

शनिबार दिउँसो २ बजे छ जना सवार बा ३ च २८७ नंको ल्याण्ड क्रुजर कच्ची सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा घाइते प्रहरी नायब उपरीक्षक भण्डारी उपचारार्थ अस्पताल लैजाँदै गर्दा र पत्रकार जीवन पराजुली तथा टे«ड यूनियन काङ्गे्रसका ३ नं प्रदेश संयोजक विनोद कार्कीको घटनास्थलमा नै मृत्यु भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।