बौद्धमा तीन दिने ङ्युङने (मौनव्रत) कार्यक्रम सम्पन्न

बौद्ध । भगवान बुद्ध देवलोकबाट अवतरण भएको दिन ल्हाबाब दुइछेनको पावन अवसरमा बौद्धमा तीन दिने ङ्युङने मौन ब्रत कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम प्राचीन अनुवाद एकमात्री गुरु संघ, नेपाल र बौद्ध धर्म प्रगती केन्द्रको संयुक्त आयोजनामा कार्तिक १३ गते देखि १६ गतेसम्मा गरिएको थियो । धर्मगुरु खेन्पो सोनाम छिरिङ तामाङको प्रमुख आतिथ्यमा विश्व शान्ति एवं समस्त जगत प्राणीहरुको कल्याण हितको निमित्त कार्यक्रम गरिएको थियो ।

कार्यक्रम प्राचीन अनुवाद एकमातृ गुरु संघ नेपालको कार्यलय बौद्ध ६ काठमाडौं तामाङ भवनमा गरिएको थियो । कार्तिक १३ गते बेलुका भएर , १४ गते ९पहिलो दिन० सोज्योङ, १५ गते ९दोस्रो दिन० कुक्पार पूर्णमौन, १६ गते भेला (तेस्रो दिन) समापन कार्यक्रम संघका अध्यक्ष तथा संयोजक टसी कुमार लामाले गरेका थिए भने अगामी बर्षहरुमा पनि यसरी नै निरन्तरता दिने सबैलाई विश्वास दिलाएका थिए ।

बौद्धमा तीन दिने ङ्युङने (मौनव्रत) कार्यक्रम सम्पन्न

 

उक्त कार्यक्रममा काठमाडौंको बौद्ध, ललितपुर, रसुवा, काभ्रे, भक्तपुर, सिन्धुपाल्चोक, दोलाखा लगायत विभिन्न ठाउँबाट आएका थिए । ञ्युङ्ने मौन ब्रत ८५ जनाले बसेको प्रचारप्रसार उपसंयोजक रोज बहादुर तामाङले जानकारी दिएको छ ।

बौद्धमा तीन दिने ङ्युङने (मौनव्रत) कार्यक्रम सम्पन्न

१६ गते कार्यक्रम समापन गरेका दिन औपचारिक रुपमा संघ महासचिव खेल बहादुर संचालन गरेका थिए । उक्त कार्यक्रमलाई सहयोग गर्ने ब्यक्तिहरुलाई कदर पत्र सहित सम्मान पनि गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।