काभ्रेको चौंरीदेउरालीमा ट्रक दुर्घट्ना, पाँचजना गम्भिर घाइते

काभ्रे । जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ८ स्थित मानपुरे डाँडामा ट्रक दुर्घट्ना हुँदा ५ जना गम्भिर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शनिबार राती ९ बजे ना १ क ९५२४ नं.को खाली ट्रक सडक देखि अन्दाजी १ सय फिट तल खसी दुर्घना भएको थियो । ट्रकमा ७ जना सवार थिए ।

घाईते हुनेहरुमा भुम्लु गापा वडा नं. ६ बस्ने श्रीकृष्ण पहरी, निरबहादुर पहरी, चालक सरोज पहरी, सरोज पहरी र सुमन पहरी रहेका छन् । उनीहरु पाँचै जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

गम्भिर घाईते भएका ५ जनालाई धुलिखेल सामुदायिक अस्पतालमा उपचारको लागि ल्याउँदै गरेको प्रहरीले तेमाल अनलाईनलाईलाई जानकारी दिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।