तेमाल गाउँपालिका वडा नंं ८ का उपभोक्ता समिति गठनका लागि भेला आव्हान

तेमाल । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ८ ले आर्थिक वर्ष २०७५।०७६ को विभिन्न योजना कार्यन्वय गर्न उपभोक्ता समिति गठनको लागि उपभोक्ता भेलाको आव्हान गरिएको छ ।

भौतिक पूर्वाधार विकास, आर्थिक विकास र सामाजिक विकास अन्तर्गत वडा कार्यालयले यस वर्ष विनियोजित बजेट योजना कार्यन्वयन गर्न वडा अध्यक्ष लक्ष्मीबहादुर घिसिङले उक्ता भेला आव्हान गरिएको छ ।

भेला हुने मिति, स्थान र समय यस्तो छः

उपभोक्ता भेला आगामी मंसिं ३, ४, ५ र ६ गते तोकिएको वडा अध्यक्ष घिसिङले तेमाल अनलाईनलाई जानकारी दिएका छन् ।

जसअनुसार मंसिर ३ र ४ गते ल्होङसाल डाँडा हालको वडा कार्यालयमा विभिन्न ११ वटा शिर्षकको योजनाको उपभोक्ता भेला हुने भएको छ । साथै उक्त भेलामा वडा कार्यालय भवन निर्माणको लागि उपयुक्त स्थानको छनौंटकोबारेमा समेत छलफल हुने वडा अध्यक्ष घिसिङले बताए ।

उक्त दुईदिन उपभोक्ता समिति गठन गर्नुपर्ने योजनाहरुमा भोज्र्याङ– ल्होङसाल टेकानपुर ठाडोबाटो स्तरोन्नति, मेच्छेचक्रपथ स्तरोन्नति, रोशीखोला कालढुंगा पुल निर्माण, मेच्छे पुरानेद्वारे सडक निर्माण, समुदाय कृषि आय अर्जन कार्यक्रम दलित निम्न वर्गलाई प्राथमिकता कार्यक्रम, महिला, दलित, आदिवासी जनजाति सिलाई बुनाई तथा अन्य आयपुलक तालिम कार्याक्रम, गुणस्तरीय शिक्षा अभिबृद्धि कार्यक्रम, महिला स्वयंसेविका लक्षित कार्यक्रम, खेलकुद मैदान निर्माण, कृषि नरसरी उत्पादन, ल्होङसाल छ्योर्तेन निर्माण अधुरो रहेका छन् ।

त्यसैगरि मंसिर ५ गते भोज्र्याङ गाउँको चारघरेमा उपभोक्ता भेला आयोजना गरिएको छ । त्यस दिन गुङटोल सिरुवाल अधुरो सडक निर्माण, चारपाटे भोज्र्याङ सडक निर्माण, ल्हाप्से गोन्बोटोल सडक निर्माण, दलित बस्ती दमैटोल सडक निर्माण, छ्योर्तेन मर्मत भोज्र्याङ चौतारा, टासी दार्गेलिङ गुम्बा मर्मत, पिउरडाँडा पोखरी मर्मत, पन्तटोल खानेपानी अधुरो आदि योजनाको उपभोक्ता समिति गठन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै मंसिर ६ गते ३ स्थानमा उपभोक्ता भेलाको आयोजना गरिएको छ । जस अनुसार भोज्र्याङबेसी, टेकानपुर तिलेचौंर र ल्होङसाल बेसीमा उपभोक्ता भेला बस्ने भएको छ । उक्त दिन भोज्र्याङवेसीमा बस्ने भोलाले भोज्र्याङबेसी खानेपानी अधुरो योजनाको, टेकानपुर तिलेचौरमा बस्ने भेलाले तिलेचौर कुलो निर्माण र थामडाँडा विरम्बा हुँदै ढाड सडक निर्माणको र ल्होङसलबेसीमा बस्ने भोलाले पान्थलीबेसी खोनेपानी ट्यांकी निर्माण र रोशीखोला लिफ्ट सिंचाई अधुरो लयागतका योजनाको उपभोक्ता समिति गठन गर्ने जनाएको छ ।

सम्पूर्ण भेलाहरुमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सामाजिक व्यक्तित्वहरु, बुद्धिजिवी, किसान, शिक्षाप्रेमीहरुलाई अनिवार्य उपस्थितिको लागि अध्यक्ष घिसिङले अनुरोध समेत गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।