‘पार्टी एकताले प्रतिकृयावादीहरुको स्वर्ग भत्केको छ’ मन्त्री बाँस्कोटा

बनेपा । सूचना प्रविधि तथा सञ्चार मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य गोकुल बाँस्कोटाले दुई पार्टीको एकताले ‘प्रतिकृयावादी स्वर्ग’ भत्केको बताएका छन् ।

नेकपा काभ्रेले बनेपामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हेन् । केन्द्रदेखि तल्लो कमिटिहरुमा एकता प्रक्रिया नटुंगेकोमा कार्यकर्ता पंक्ति निरासा नहुन अनुरोध गर्दै उनले पार्टी एकतालाई महान र ऐतिहासिक भएकोले नआत्तिन अनुरोध गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले पार्टी एकताले संसरभरिका न्यायप्रेमि जनता खुशी भएको बताए । ‘हाम्रो दुई पार्टी एकताबाट कोही पनि दुखी छैनन् ।’ मन्त्री बाँस्कोटाले भने, ‘आजसम्म सर्वहारा वर्गलाई फुटाउने प्रतिकृयावादीहरु जसको स्वर्ग भत्काएको छ । कोही रिसाएको छ भने त्यो वर्ग मात्र रिसाएको छ । तर सर्वहारा वर्ग, विश्वभरिका न्यायप्रमी जनताहरु खुशी नै भएका छन् ।’

पार्टी एकता वस्तुगत सत्यको आधारमा

दुई भिन्न पृष्ठमूमि बोकेको दुई कम्युनिष्ट पार्टी बस्तुगत सत्यको आधारमा भएको मन्त्री बाँस्कोटाले बताए । यस अघि दुई पार्टी एक अर्काको विरुद्धमा कुनै कसर बाँकी नराखी लागेको स्पष्ट पारे । ‘स्थानीय तहको निर्वाचनसम्मको मात्र कुरा गरौं । हामीले एक अर्काको विरुद्ध केही चार्हि गर्न बाँकी राखे र ?’ उनले भने, ‘वस्तुगत सत्यको आधारमा सबै कुराहरुको निर्धारण हुने कुरामा कम्युनिष्टहरुले विश्वास गर्दछ । वस्तुगत सत्यले कम्युनिष्टहरु एक ठाउँमा आउने वातवरण बन्यो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।