काँग्रेसको उपसभापतिमा गच्छादर मनोनित, महासमितिको बैठक मंसिर २८ गते

काठमाडौं । लोकतान्त्रिक फोरमबाट नेपाली काँग्रेसमा पार्टी एकतामा आएका विजय कुमार गच्छादरलाई केन्द्रिय उपसभापतिमा मनोनयन गरेको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले गच्छदारलाई उपसभापतिमा मनोनित गरेको हो ।

बैठकले कांग्रेसको महासमिति बैठक आगामी मंसिर २८ गतेसम्मका लागि सारिएको छ । बैठक मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म चल्ने बताइएको छ ।

यस अघि सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापति बनाउने बचन दिइसकेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।