काभ्रे नेकपाको चियापान कार्यक्रम सम्पन्न (फोटोफिचर सहित)

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेको आयोजनामा हिन्दु नेपालीहरुको दोस्रो ठूलो पर्व दिपावली, छठ र नेपाल सम्वातको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

काभ्रे नेकपाको चियापान कार्यक्रम सम्पन्न (फोटोफिचर सहित)

पार्टी एकतापछिको यो पहिलो पटक भएको ठूलो कार्यक्रम हो । नेकपा अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्ने भनिए पनि महासचिव विष्णु पौडेल मात्र आएका थिए । कार्यक्रममा जिल्ला भरिका अगुवा कार्यकर्ता तथा शुभचिन्तक जनताको वाग्लो उपस्थिति रहेको थियो ।

काभ्रे नेकपाको चियापान कार्यक्रम सम्पन्न (फोटोफिचर सहित)

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा महासचिव पौडेलले पार्टी एकता मंसिर भरिमा सम्पन्न भईसक्ने बताए । पार्टी एकता चाँडो नभएको प्रति कार्यकर्ताहरुको गुनासोलाई सकारात्मक रुपमा लिएको बताउँदै पौडेलले त्यो गुनासोको सम्मान गर्नुपर्नेमा जोड दिए । सरकारले गति लिन नसकेको प्रतिपक्षको आरोप निराधार भएको उनले प्रष्ट पारेका थिए ।

कार्यक्रमलाई पार्टी केन्द्रिय सदस्य तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले समेत सम्बोधन गरेका थिए ।
कार्यक्रममा नेकपाका जिल्ला नेताहरु, प्रदेश तथा प्रतिनिधिसभाका सांसदहरुको सहभागीता रहेको थियो ।

काभ्रे नेकपाको चियापान कार्यक्रम सम्पन्न (फोटोफिचर सहित)

कार्यक्रमको सभापतित्व नेकपाका नेता तथा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज)ले गरेका थिए भने स्वागत अर्का नेता टोकबहादुर वाईबाले गरेका थिए । कार्यक्रमको सञ्चालन नेता अशोक व्याञ्जुले गरेका थिए ।

Comments

comments