मन्त्रीपपरिषद्को निर्णय सार्वजनिक नगरेको सम्बन्धमा प्रवक्ता बाँस्कोटाले यसरी गरे बचाउ

काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको सूचना लुकाउने कुनै नियत नभएको भन्दै विगतमा पनि सरकार पारदर्शी भएको र अबपनि त्यसमा प्रतिबद्ध रहेको बताए ।

‘सरकार पारदर्शी नै छ र बन्छ । सूचना लुकाउने नियत होइन । तर केही व्यावहारिक कठिनाई मात्रै हो ’, रातोपाटीसँग बास्कोटाले भने, ‘विस्तृतमै मन्त्रिपरिषद्को निर्णय सुनाउने र दिने गरी हामीले तयारी गरिरहेका छौँ ।’

पहिले मन्त्रिपरिषद् बैठकका निर्णयहरु भिडियोबाट सुनाइने गरिएको र त्यसमा प्रश्नोत्तरको व्यवस्था नरहेको स्मरण गर्दै उनले अब भने प्रश्नोत्तरसमेत हुने गरी व्यवस्था गर्न लागिएको रातोपाटीलाई बताए ।

‘मन्त्रिपरिषद्बाट भएको निर्णय ७२ घण्टासम्म परिवर्तन गर्न आवश्यक देखेमा परिवर्तन गर्न सकिने अधिकार विभागीय मन्त्री वा प्रधानमन्त्रीलाई छ’ बास्कोटाले भने, ‘यस्तो अवस्थामा सूचना बाहिर आइसकेपछि परिवर्तन गर्न कठिन हुने भएकाले ७२ घण्टासम्म नियुक्ति लगायतका निर्णय बाहिर नल्याउने नेपाल सरकार कार्यासम्पादन नियमावलीमा उल्लेख भएको विषय हो । त्यसकारण ७२ घण्टासम्म बाहिर नल्याउन सकिने कानुनी व्यवस्था पनि छ ।’

यद्यपी नेपाल सरकार (कार्य सम्पादन) नियमावलीमा भने २४ घण्टापछि मात्रै सार्वजनिक गर्ने कुरा उल्लेख छ ।

यस्तो छ कार्यसम्पदन नियमावलीमाः

मन्त्रीपपरिषद्को निर्णय सार्वजनिक नगरेको सम्बन्धमा प्रवक्ता बाँस्कोटाले यसरी गरे बचाउ

मन्त्रीपपरिषद्को निर्णय सार्वजनिक नगरेको सम्बन्धमा प्रवक्ता बाँस्कोटाले यसरी गरे बचाउ

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।