सिन्धुपाल्चोक। इन्द्रावती गाउपालिका ८ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठको शव इन्द्रावती नदिमा डुबेको अवस्थामा शव फेला परेको छ । । वोर्ड गाउँको होष्टे दोवान स्थित ५० मिटर माथि खोलाको माझमा लास भेटिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बताए ।
विहान ३ बजे घरबाट निस्केका वडा अध्यक्ष श्रेष्ठको खोजि कार्य परीवारले गरीरहेका थिए । घोप्टीएको अवस्थामा नदिको बिच भागमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर पुगेको थियो । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी विमल राज कँडेलका अनुसार हाम्फालेको या डुबेको अनुसन्धान पछि मात्र थाहा हुने छ ।
श्रेष्ठ नेपाली काँग्रेस पार्टीबाट निर्वाचित भएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















