काभ्रे । नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायिक महासघको पाचौं बार्षिक साधारणसभा तथा चौथोजिल्ला अधिबेशनले कृष्णराम कार्की निर्वाचित भएका छन् ।

शनिबार बनेपामा सम्पन्न अभिबेशनले कार्की अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्माण भएको छ ।
निर्वाचित अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष लक्ष्मीनारायण ख्वजु, द्वितिय उपाध्यक्षमा भिमकुमार आचार्य, सचिबमा हरि प्रसाद धिताल, कोषाध्यक्षमा राम कुमार आचार्य, सह–सचिबमा सुबिन ममानन्धर रहेका छन् । सदस्यस्यहरुमा राजन श्रेष्ठ, राजन श्रेष्ठ, डेगम साक्य, जीवन श्रेष्ठ, राम सुन्दर भटराई, मदन, बिरबल लगायत रहेका छन् ।

अधिवेशनको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पूर्व केन्द्रिय अध्यक्ष रघुनाथ महर्जनले गरेका थिए । अतिथिहरुमा मध्यमान्चल उपाधक्ष्य कृष्णा चन्द्र पौडेल, केन्द्रिय सदस्य शिव सागर शर्मा, काभ्रे उद्योग बाणिज्य संघका महासचिब कैलास पलान्चोके लगायत रहेका थिए ।
जिल्लामा ६० वटा भन्दा बढी पस्तक तथा स्टेशनरी पसलको दर्ता रहेको छ ।






















