हेटौंडामा ट्रक पल्टिदा २ जनाको मृत्यु

हेटौंडा । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं ९ स्थित पशुपतिनगरमा ट्रक पल्टिँदा २ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा–४ का २० वर्षिय सुदीप घिमिरे र अटोमा सवार हेटौंडा–४ की ३५ वर्षीया गंगा चेमजोङ रहेको प्रहरीले जनाएको छ ।

वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ७०१७ नम्बरको ट्रक पल्टिँदा मोटरसाइकल र अटोलाई थिचेको थियो । ना १ ह ८९५९ नम्बरको अटो र ना ४० प ६२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरु दुईको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिएका छन् । प्रहरीका अनुसार अटो चालक फरार छन्, भने ट्रकका चालकलाई नियन्त्रणमा लिइएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।