सुसन सापकोटा (विज्ञान)
चौंरीदेउराली । काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नं. ८ र ९ लाई लक्षित गरि सञ्चालन हुन लागेको बृहत खानेपानी योजनाको शिलान्यास गरिएको छ ।

आयोजनाको संघीय सांसद गंगाबहादुर तामाङ बमध्वजले एक कार्यक्रमका बीच आईतबार शिलान्यास गरेका हुन् ।  चौंरीदेउराली–८ को करिब २ सय ५० घर र वडा न.९ क्यौरेनिको करिब ५० गरि करिब ३ सय घरधुरीलाई लक्षित गरि उक्त खानेपानी योजना सञ्चालन हुन लागेको हो ।

 गाउँपालिकालाई खानेपानी वर्षको रुपमा शुरुवात भएको गापा अध्यक्षको उद्घोष

आयोजनामा बिगत केही समय देखि चौरीदेउराली गाउँपालिकामा एकीकृत शहरी विकास केन्द्रले वाटर एड, नेपालको आर्थिक सहयोग र चौरीदेउराली गाउँपालिकाको समन्वयमा संचालन गरिरहेको ‘समुदायमा आधारित उत्थानशिल एवं दिगो खानेपानी सरसफाइ तथा स्वच्छता परियोजना’ को ४० लाख आर्थिक एवं प्राविधिक सहयोग रहेको छ । त्यसैगरि चौरीदेउराली गाउँपालिकाको आर्थिक सहयोग एवं समन्वयमा वडा नं. ८ को आर्थिक सहयोग रहेको बुझिएको छ ।

करिव १.५ करोडको लगानीमा सम्पन्न हुने उक्त आयोजना २०७५ फाल्गुन मसान्तसम्ममा सम्पन्न भइसक्नेछ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसद गंगाबहादुर दोङ बमध्वजले चौरीदेउराली गाउँपालिकामा आगामी २ बर्ष भित्र प्रत्येक घरमा मिटर सिस्टम सहित धारा जडान गरिसक्ने बताउँदै आफुले पनि बिशेष पहल गर्ने प्रतिबद्धता जनाए । आफुले सांसद क्षेत्र विकास कोष अन्तरगतको करिब ६० लाख रुपैयाँ चौरीदेउराली गाउँपालिका वडा न.३ माझिफेदाको लागि बिनियोजन गरेको बताए ।

 गाउँपालिकालाई खानेपानी वर्षको रुपमा शुरुवात भएको गापा अध्यक्षको उद्घोष

कार्यक्रममा चौरीदेउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतमले गाउँपालिकाले यो वर्ष खानेपानी वर्षको रुपमा गाउँपालिकाले मनाउने घोषणा गरेको र सोही घोषणा अनुरुपको पहिलो काम यो घट्टेकुलो भुमेस्थान बिर्ता खानेपानी आयोजना भएको बताए । एकीकृत शहरी बिकास केन्द्रले गाउँपालिकाको खानेपानी वर्ष र दुई वर्षभित्र प्रत्येक गाउँबासिको घरघरमा स्वच्छ खानेपानी पु¥याउने कार्यमा सहयोग गरिरहेको भन्दै एकीकृत शहरी विकास केन्द्रलाइ विशेष धन्यवाद समेत दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।