संकेतीक तस्बीर

धुलिखेल । काभ्रे जिल्लाको खानीखोला वडा नं. ६ माझिटारमा फेला परेको लासको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उक्त लास नमोबुद्ध नगरपालिका वडा नं. ८ गौडापाटी घर भएका वर्ष ४३ को विनोद कुँवरको रहेको छ ।

गत मंसिर ७ गते खानीखोला–६ स्थित माझिटारमा बाटोबाट २५ फिट तल खस्दा मुन्टो दोब्रिएको अवस्थामा कुँवरको लास स्थानीयले फेला परेको थियो । प्रहरी चौकी तालढुंगा र जिल्ला प्रहरी कार्यालय, काभ्रेबाट खटिएका प्रहरीले लास जाँच, प्रकृति मुचुल्का लगायत अनुसन्धान गरी पोष्टमार्टमको लागि शिर मेमोरियल अस्पतालमा ल्याएको थियो ।

प्रहरीका अनुसार कार्तिक महिनामा खानीखोलामा ‘फेरी’ लगाउन गएको कुँवर बाहिर–बाहिर बस्दै मादक पदार्थ सेवन गरि हिंड्दा बाटोमा लडेर मृत्यु भएको हो ।

मृतक कुँवरको लास पोष्टमार्टम पछि उनका छोरा विकास कुँवरलाई जिम्मा दिएको प्रहरीले जानकारी दिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।