तेमाल स्थित सुनकोशी नदीमा फेला परेको महिलाको लास कस्को होला ?

तेमाल । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ९ स्थित ठूलोटार देभान स्थित सुनकोशी नदीको किनारमा एक अपरिचित महिलाको लास फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अन्दाजी ५०।५५ वर्षकी एक महिलाको लास सुनकोशी किनारमा फेला परेको हो ।
प्रहरी चौकी पचवारघाट र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीको टोलीले उक्त लास भएको स्थानमा पुगी लास जाँच प्रकृति मुचुल्का गरे पनि उक्ता लास कस्को हो भन्ने पत्ता लगाउन भने सकेको छैन ।

उक्त लास पोष्ट मार्टमको लागि बनेपा स्थित शिरमेमोरियल अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जानकारी दिएको छ ।

उनको हुलिया वर्ण गोरो, कपाल कालो लामो पालेको, कानमा सुनको जस्तो देखिने गहना लगाएको, शरीरमा रातो कुर्ता, उनीको चोलो लगाएको, कम्बरमा सेतो कपडाको पटुका बाँधेको, शरीरको छालाहरु सडीगली खुईलिएको, ४ फिट ८ इन्च अग्लो भएको बाहुन क्षेत्री जस्तो देखिने रहेको प्रहरीले जानकारी दिएको छ ।

Comments

comments