मकवानपुर । जिल्लाको राक्सिराङ गाउँपालिकामा आदिवासी जनजाति समन्वय समितिको संयोजकमा पूर्व जनमुक्ति सेनाका कमाण्डर गणेश ब्लोन तामाङ ्संयोजक भएका छन् । ब्लोनको नेतृत्वमा ९ सदस्यीय समिति बिहिवार पुनः गठन भएको हो ।
निबर्तमान आदिवासी जनजाति समन्वय समितिका संयोजक तथा समाजसेवी राजकुमार तामाङको गत जेष्ठ १९ गते राती मोटरसाइकल दुर्घटनामा परि निधन भएपछि समन्वय समिति पुनर्गठन गर्नुपरेको हो ।
पदरिक्त भएपछि बिहिवार तामाङलाई संयोजकमा नियुक्ति गरिएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















