काठमाडौं । उपत्यका भरि मंसिर १३ गते देखि १६ गतेसम्म जोर र विजोर सवारी प्रणाली लागु हुने भएको छ । आगामी १४ देखी १७ मंसिरसम्म काठमाडौंमा हुने भनिएको ‘एसिया प्यासिफिक समिट’लाई लक्षित गरि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको हो ।

समिटमा २२ मुलुकका भिभिआईपी र भिआईपी पहुना सहभागी हुने भएकाले कार्यक्रम अवधिभर उपत्यका भित्रका सवारी साधनलाई जोर बिजोर प्रणाली लागू गर्न लागिएको प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते बिजोर, १४ र १६ गते जोर नम्बर प्लेटका सवारी साधन मात्रै उपत्यका भित्र सञ्चालन गरिनुपर्ने छ ।

महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले अत्यावश्यक सेवा र शैक्षिक संस्थाबाट चल्ने सवारी साधनका लागि भने यो नियम लागू हुने छैन । पत्रकारका हकमा भने प्रेस पास देखाउनु पर्ने छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।