राक्सिराङमा मेलमिलाप सम्बन्धि आधारभुत प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रकाश तामाङ
मकवानपुर । जिल्लाको राक्सिराङ गाउँपालिकामा मेलमिलाप सम्बन्धि ८ दिने आधारभुत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

 राक्सिराङमा मेलमिलाप सम्बन्धि आधारभुत प्रशिक्षण कार्यक्रम सम्पन्न

गाउपालिकाको आयोजनामा गाउँपालिकाका ९ वटै वडाका मेलमिलाप केन्द्रका सद्स्यहरुलाई आधारभुत प्रशिक्षण दिदै सुरु गरिएको हो। कार्यक्रमका संयोजक तथा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकामा न्यायपालिकाको निर्माण भए सँगै अब देखि गाउँमै न्यायको प्रत्याभूति हुने बिश्वास गरेका छन। यस्तैगरि न्यायिक समिति प्रमुख तथा गाउँपालिकाका उपाध्यक्ष निर्मला हिम्डुङले मेलमिलाप सम्बन्धि आधारभुत प्रशिक्षण कार्यक्रम अति महत्वपूर्ण रहेकोले जनताले न्यायको महसुस गर्ने पनि बताए ।

 राक्सिराङमा मेलमिलाप सम्बन्धि आधारभुत प्रशिक्षण कार्यक्रम सम्पन्न

न्याय सम्बन्धि प्रशिक्षकहरुमा कानुन अन्वेषण तथा बिकास केन्द्र (सेलर्ड)का क्षेत्रीय संयोजक श्री जगन्नाथ सुबेदी, मन प्रसाद भट्टराई तथा पवन अधिकारी रहेका थिए। प्रशिक्षण कार्यक्रममा वडा ८ का अध्यक्ष राम कृष्ण प्रजा लगायतका उपस्थिति रहेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।