ललितपुर , लोकेश्वर मिडिया सर्भिसको आयोजनामा तामाङ सोसाईटी अफ न्युयोर्क ,अमेरिका उपाध्यक्ष एबम ब्युटिसियन निमा गोले तामाङको सहयोगमा ललितपुर जिल्ला ,वाग्मती गाउँपालिका वर्डा न.५ इकुडोल,भकारीडाडामा रहेको श्री ज्ञानोदय आधारभुत विद्यालयका शिशुदेखी कक्षा ३ सम्म अध्ययनरत २५ जना विद्यार्थीहरुलाई वाग्मती गाउँ पालिका वर्डा न.५ इकुडोलका वर्डा अध्यक्ष साजन दर्लामी मगरको प्रमुख आतिथ्यमा र कोन्ज्योसोम गाउँपालिका वर्डा न.२ शङखुका वर्डा अध्यक् धुर्व घिमिरेको विशेष आतिथ्यमा झोला तथा स्टेशनरी सामग्री वितरण बिहिबार सम्पन्न भएको छ । 
झोला तथा शैक्षिक सामग्री वितरण गर्नुहुदै वाग्मती -५ इकुडोलका वर्डाअध्यक्ष साजन दर्लामी मगरले विद्यालयमा पुर्बधारको समस्या रहेको,जोखिमपुर्ण स्थानमा विद्यालय भवन रहेकोले सो को समस्या समाधान गर्न लागि पर्ने त्यस्को लागि स्थानियबासिले सहयोग गर्नुपर्ने बताउनु भयो ।अर्का बक्ता कोन्ज्योसोम गाउँ पालिका वर्डा न.२ शङखुका वर्डाअध्यक्ष ध्रुब घिमिरेले झोला तथा स्टेशनरी सामग्री वितरण विद्यार्थीहरुलाई गर्दा विद्यालय दैनिक आउने वातावरणमा ठोस उपलब्धी मिलेको बताए । त्यस्तै गरि तामाङ डाजाङका केन्द्रीय सचिब प्रकाश थिङ तामाङले विद्यालयमा बहुभाषिक शिक्षा अन्तर्गत मातृभाषी शिक्षा दिलाउन पुस्तकालयको लागि आवस्यक पुस्तक ,पत्र पत्रीका उपलब्ध गराउने उदघोष गर्नु भयो ।

बिद्यालयका प्र.अ.झम्कनारायण घिमिरेले संचालन गर्नुभएको समारोहमा सोही विद्यालयका सहायक प्र.अ.सुनकुमारी स्याङबो तामाङले स्वागत मन्तब्य ब्यक्त गरेकी थिईन । अर्का बक्ता सरस्वती मा.बि.का प्र.अ. अर्जुन घिमिरेले सहयोगी भावना हुनेले जहाँ जस्तो सुकै अवस्थामा पनि सहयोग गर्न सक्ने उदाहरण दक्षिण ललितपुरमा जन्मेका युवा श्याम ङेसुर तामाङले छर्लङ्ग देखा परेको ,यी युवा नेतृत्वको पाठ हरेक नेताले सिक्नु पर्ने बताउनु भयो ।
यस्तैगरी श्री ज्ञानोदय आधारभुत विद्यालय ,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ब्लोन तामाङले उपस्थित सबैमा धन्यबाद ब्यक्त गर्नु भएको सभामा टुङगुन ईप्रका गोटिखेलका प्रहरी नायब निरीक्षक मनोहरी थापा ,श्री मगर गाउँ मा.बि.का शिक्षक अमृत सन्जेल ,भट्टेडाडा प्रहरी चौकिका सहायक प्रहरी निरीक्षक लक्ष्मण थापा ,वाग्मती -५ का वर्डा सदस्य सरिता बिश्वकर्मा ,श्री ज्ञानोदय आधारभुत विद्यालयका पुर्ब शिक्षिका Hmg कुसुम तामाङ,महिला स्वास्थ्य स्वयम् सेबिका दिपा स्याङतान तामाङ ,अभिभावक ,विद्यार्थीहरुको सहभागिता रहेको समारोह लोकेश्वर मिडिया सर्भिसका प्रबन्ध निर्देशक श्याम ङेसुर तामाङको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।






















