सिन्धुपाल्चोक । २ वर्ष अघि मादक पदार्थ सेवन गरी सुतिरहेकी आफ्नै छोरीलाई जबर्जस्ती करणी गर्ने बाबुलाई जिल्ला अदालत सिन्धुपाल्चोकले २३ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले अभियुक्तबाट पीडितलाई ७० हजार क्षतिपूर्ति भराउनेसमेत फैसला गरेको श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए।
दुई वर्षअघि श्रीमतीको मृत्यु भएका अभियुक्तले मादक पदार्थ सेवन गरी सुतिरहेकी छोरीलाई जबर्जस्ती करणी गरेका थिए।
पटक पटकको करणीबाट गर्भवती भएपछि २०७४ साल साउन २६ गते पीडितले जाहेरी गरेकी थिइन्। जाहेरीपछि ४६ वर्षीय बाबुविरुद्ध भदौ २० गते नाबालक हाडनाता र जबर्जस्ती करणीका तीन छुट्टाछुट्टै मुद्दा दर्ता भएको थियो।
श्रेस्तेदार पौडेलका अनुसार साउनदेखि यता सम्बन्धविच्छेद र बलात्कार तथा बलात्कार प्रयास मुद्दामा वृद्धि भएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















