बौद्ध । संसारीक प्राणी जगत र कल्याण हितको निमित्त बुद्ध धर्मको ऐतिहासिक स्थल बौद्धमा तामाङ रेन्पोछेबाट प्रवचन कार्यक्रम हुने भएको छ ।
प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको आयोजनमा श्री बुद्ध डाकिनी श्रद्धेय धर्मगुरु आर्यामा साङ्गे खाण्डो तामाङ रेन्पोछेबाट प्रवचन हुने भएको हो ।
प्रवचन कार्यक्रममा ल्होदोग नाम्पाश्ही चार मत्तिनिर्वितको बारेमा धर्म प्रवचन कार्यक्रम रहेको छ । प्रवचन चार मत्ति निर्वित मानव देहा पायन कठिनय, मरण अनित्य, संसारिक द्वोष, कर्म हेतु फलको बारेमा हुने आयोजकले तेमाल अनलाईनलाई जानकारी दिएको छ ।

कार्यक्रम मंसिर १५ गते शनिबार प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको कार्यलय बौद्ध–६ तामाङ भवनमा धर्म प्रवचन दिने भएको छ । खाण्डो रेन्पोछेले ३७ जिनपुत्रको पहिलो भाग प्रवचन मंसिर ८ गते दिएका थिए । आयोजकका अनुसार ३७ जिनपुत्रको बारेमा बाँकी प्रत्येक शनिबार खाण्डो रेन्पोछेबाटसंघका कार्यलयमा दिउसो १२ः३० देखि दिनेछ ।
प्रवचन कार्यक्रम दिउसो १२ः३० मा सुरु हुने भएको छ । विशेष गरि अहिलेका युवायुवती पुस्ताहरुले सुन्न अतिअवश्यक रहेकोले आयोजकले उक्त कार्यक्रममा युवायुवती बुद्ध धर्म प्रति अस्थावन ब्यक्तिहरुमा र श्रद्धालु भक्तजनहरु संघका अध्यक्ष टसी कुमार लामाले तेमाल अनलाईन मार्फत अनुरोध समेत गरेका छन् ।
सस्थाले स्थापनाकाल देखि नै निरन्तर रुपमा निःशुल्क दिउसो १ बजे देखि सम्भोटा लिपि सिकाइ कक्षा, २ बजे देखि झ्योर्लोक र च्योई प्रशिक्षण कक्षाहरु संचलान गर्दै आईरहेको संघका उपध्यक्ष सोनाम थोकारले बताएका छन् ।
अहिले नया विध्यार्थीहरुका लागि मध्य नजर गर्दै नया वर्न समेत भईरहेको संस्थाका महासचिव खेल बहादुर लामाले बताए ।






















