अमृत गोले
सिन्धुली । जिल्लाको घ्याङलेक गाउँपालिका वडा नम्वर ४ गोठडाँडामा शुक्रबार बिहान मिनिट्रक निसान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घट्नामा परि मृत्यु हुनेमा घ्याङलेक गापा वडा नम्बर ४ गोठडाँडा निवासी अन्दाजी १७ बर्षिय राज कुमार दोङ रहेको खुल्न आएको छ भने एक जना गम्भीर घाइते भएका छन् । घाइतेको विवरण अझै खुल्न बाँकी रहेको छ ।
घाइतेको उपचारको लागि काभ्रे जिल्लामा स्थित धुलिखेल अस्पताल ल्याइएको छ । उनको उपचार भइरहेको पारिवारिक स्रोतले बताएको छ ।
घर बनाउनको लागि डुङ्गा बोक्न ढुङ्गा खानी तर्फ जाँदै गर्दा उक्त गाडी दुर्घट्नामा परेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















