काठमाडौं । विवादै विवादको बीचबाट नेपाली काँग्रेसका भातृसंगठन नेपाल विद्यार्थी संघले सबै जिल्ला तहसम्मका अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रले प्रतिनिधि खटाएको छ । संघका अध्यक्ष नैनसिंह महरको हस्ताक्षर रहेको सर्कुलर सबै जिल्लामा प्रेषित गर्दै अधिबेशन गर्न केन्द्रिय प्रतिनिधि खटाएको हो ।

‘संघको विधान, नियमावली, निर्देशिका र परिपत्रको प्रतिकूल निर्णय गरे वा गराए दुवै कार्यमा संलग्न केन्द्रीय प्रतिनिधि, सम्बन्धित जिल्लामा सो कार्यमा संलग्नहरु (पत्र लिने र दिने) स्वतः निलम्वन भइ अधिवेशन र महाधिवेशनको प्रक्रियामा भाग लिन नपाउने परिपत्रमा उल्लेख गरेको छ ।

प्रतिनिधिलाई चार दिनभित्र सम्बन्धित जिल्ला पुगेर काम थाल्न निर्देशन दिदैं समयमा पुग्ने र काम नथालेको पाइए उनीहरुको सट्टा अर्को प्रतिनिधि पठाउने चेतावनी परिपत्रमा दिएको छ । ७७ जिल्ला भएपनि सूचीमा काभ्रेका प्रतिनिधिको नाम खाली छ ।

१४ पुसभित्र ७७ वटै जिल्लाको अधिवेशन गरिसक्नुपर्ने र २० पुसभित्र प्रदेशको अधिवेशन गरिसकेपछि नेविसंघले २८ देखि ३० पुससम्म १२औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

यस्तो छ परिपत्रः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।