‘हाम्रो अर्जुन दृष्टि समृद्धि’ –प्रादेशिक सांसद चन्द्र लामा

काभ्रे । प्रदेश ३ का सांसद चन्द्र लामाले आफूहरुको अर्जुन दृष्टि समृद्धि रहेको बताएका छन् ।

आईतबार काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका कार्यालयको नवनिर्मित भवनको उद्घाटन तथा पाँचौं नगर स्थापना दिवसलाई सम्बोधन गर्दै सांसद लामाले उक्त कुरा बताएका हुन् ।

आफूहरु निर्वाचित भएको १ वर्ष पुग्नै लाग्दा आफूहरुले धेरै काम गरेको बताए । समस्या जताततै रहेको उल्लेख गर्दै समस्या छ भनेर अन्धोले हात्ती छामे जस्तो गर्ने स्थिति नरहेको सांसद लामाले बताए ।

‘अधिकार र बिकाशको समस्या सबैमा समस्या छ ।’ उनले भने, ‘समस्या छ भनेर अन्धोले हात्ती छामे जस्तो गर्ने स्थिति छैन ।’ आफूहरुले आजसम्ममा २४ वटा विधेक पास गरिसकेका लामाले बताए ।

कार्यक्रममा सांसद लामाले नागरिकले दिएको एक–एक भोटको सम्मान हुने गरि काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

Comments

comments