काठमाण्डौ । गैर सरकारी संस्था महासंघ नेपालको ९ औं केन्द्रिय महाधिवेशनबाट जितराम तामाङ अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
निवर्तमान केन्द्रिय कोषाध्यक्ष रहेका तामाङले ५ सय ५७ मतका साथ अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा ध्रुब प्रसाद देव, उपाध्यक्षमा सुमित्रा सुवेदी, महासचिवमा राम प्रसाद सुवेदी, उपमहासचिवमा दिनेश चौधरी र अर्जुन भट्टराई, सचिवहरुमा भावना भट्ट, देवीप्रसाद तिमल्सिना, बैधनाथ चौधरी, शोभा राम डाँगी, उमेश विक, धर्म पाठक र डिल्लु घिमिरे र कोषाध्यक्षमा विष्णु थाकाली निर्वाचित भएका छन् ।
महाधिवेशनले ४७ जना केन्द्रिय सदस्य निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि तामाङले देशभरका सामाजिक संघसंस्थाहरुको संस्थागत विकासका लागि काम गर्ने र राज्यका हरेक लक्ष्यमा सारथी बनेर अघि बढ्ने प्रतिबद्धता जाहेर गर्दै सामाजिक संस्था मार्फत सुःखी नेपाली, समृद्धि नेपाल भन्ने सरकारको नारालाई पुरा गर्न गाउँसम्म अभियान सञ्चालन गर्ने बताए ।
यस्तो छ निर्वाचित नामावलीः
























