काठमाडौंबाटै ‘नेक्सटर्म ईडुकेशन’ एवं भिषा सर्भिस

काठमाण्डौ । नेक्सटर्म ईडुकेशन एवम् भिषा सर्भिसले काठमाडौंमा आफ्नो सेवा विस्तार गरेको छ ।

काठमाडौंमा भएको पत्रकार सम्मेलनमा नेक्सटर्म ईडुकेशन एवं भिषा सर्भिसका विषेशज्ञ केशव पहाडीले अष्ट्रेलियामा पढ्न तथा बसोबास गर्न चाहनेहरुको लागि यो सेन्टर एउटा कोशेढुंगा सावित हुने बताए ।

पत्रकार सम्मेलनमा अष्टे«लिया पढ्न तथा बसोबास गर्दा के कस्ता तयारी गर्नुपर्छ भन्ने बारे प्रकाश पार्दै पहाडीले अष्ट्रेलिया जान चाहनेहरुका लागि उचित परामर्श तथा तयारीबारे जवाफ दिएका थिए ।

विगत ३ वर्ष देखि पोखरा तथा चितवनबाट विद्यार्थी तथा स्थाई बसोबासबारे सेवा प्रदान गर्दै आईरहेकोमा अबदेखि काठमाडौंबाटै नेक्सटर्म ईडुकेशन एवं भिषा सर्भिस गर्ने उनले जानकारी दिए ।

नेक्सटर्म ईडुकेशन एवं भिषा सर्भिस काठमाण्डौका प्रबन्धक प्रमेश कुँवरले विद्यार्थीहरुका लगि उचित दाममा गुणस्तरीय सेवा प्रदान गर्ने जानकारी दिए ।

नेक्सटर्म ईडुकेशन एवं भिषा सर्भिससंग आबद्ध कलेहरुः ओजफोर्ड, नर्स ट्रेनिङ्ग अष्ट्रेलिया, चार्लस डार्विन युनिभर्सिटी, सिडनी सिटी, इटिए, टोरेन्स युनिभर्सिटी, युएससी, किङ्गस फोर्ड, हार्वाेर कलेज, अष्ट्रेलिया इन्सच्युट अफ बिजिनेश एण्ड टेक्नोलाजी, चार्लस डार्विन युनिभर्सिटी, प्यासिफिक कलेज अफ टेक्नोलोजी, फेडेरेसन युनिभर्सिटी लगायत रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।