सुसन सापकोटा (विज्ञान)
चौरीदेउराली । विगत एक वर्षदेखि काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा वाटर एडको आर्थिक सहयोग र चौंरीदेउराली गाउँपालिकाको समन्वयमा एकीकृत शहरी विकास केन्द्रद्वारा समुदायमा आधारित उत्थानशिल एव दिगो खानेपानी सरसफाइ एवं स्वच्छता (SU-WASH) परियोजना संचालन भइरहेको छ ।

सोही परियोजना अन्तरगत गत वर्ष चौरीदेउराली गाउँपालिका वडा न. ५ को पोखरी डाडाटोलमा खानेपानी व्यवस्थापन तथा सरसफाइको कार्य भएपछि स्थानीयको दैनिकीमा परिवर्तन हुन थालेको छ । विगतको समय सुख्खाग्रस्त रहेको यस क्षोत्रमा स्थानीयबासी एकदम खुशी देखिन्छन् । यस परियोजनाबाट सो क्षेत्रका करिव ४० घरधुरी लाभान्वित भएका छन् ।

‘परियोजना संचालन हुनुभन्दा पहिला हामी पानी लिनकै लागि डाङ्डुङे खोला, सातपाने लगाएत स्थानमा जाने गरेका थियौं ।’ स्थानीय ६० वर्षीइ हस्तहबहादुर गौतमले तेमाल अनलाईनसँग भने, ‘तर अहिले घरैपिच्छे धारा बनेपछी हामी खुशी छौं । पानी लिन जाने समयलाइ सदुपयोग गर्दै हामी रछ्यान (करेसाबारी)मा तरकारीहरु रोपेका छौं । हरियो साग सब्जी पनि खान पायौं ।’

त्यसैगरि स्थानी ३० वर्षिय युवा सहदेव गौतमले खानेपानीको प्रबन्ध भएपछि तरकारी खेती गर्न लागेको बताए । गाउँ छोडेर जान बाध्य उनले अब भने गाउँमै आम्दानीको शूरुवात गर्न लागेको उनले बताए । ‘विगतका वर्षहरुमा म जिल्ला बाहिर रहेको र गाउँमा खानेपानीको समेत उचित प्रबन्ध थिएन ।’ गौतमले तेमाल अनलाईनसँग भने, ‘तर यो योजना संचालन भएपछि मैले गाउँमै करिव २ रोपनी बारीमा काउली खेती गर्न लागेको छु ।’

त्यस्तै गरि महिला स्वास्थ्य स्वयंसेविका समेत रहेकी बिन्दादेवी गौतमले आफुले खेर गएको पानी बारीमा लगाएर साग पातमा प्रयोग गरिरहेको बताए । हरियो साग साब्जी खान समेत नपाएका उनले यो परियोजनाले पानीको व्यवस्था गरेपछि खुशी भएकी छिन् ।
यस क्षेत्रका किसानहरुले अहिले आफ्नै बारीमा तरकारी उत्पादन गरिरहेका छन् ।






















