काठमाडौँ । काभ्रेका मनोट रिमाललाई लागु औषध सहित आज (मंगलबार) पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका–१२ बालकुमारी सडकखण्डमा हिँडिरहेको अवस्थामा जाँचका क्रममा रिमाललाई पक्राउ गरेको हो ।
महानगरीय कार्यालय रानीपोखरीका प्रवक्ता पुजा सिंहले झोलामा लुकाएर सडकमा हिँडिरहेको अवस्थामा ४६ एम्पुल नुर्फिन, ४६ एम्पुल फेनार्गन र ४६ एम्पुल डाइजेल्याव बरामद गरेको जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















