सन्तवीर लामा
धनकुटा । तेह्रथुम जिल्लाको सदरमुकाम म्याङलुङमा सनिवार तामाङ पत्रकारहरुको प्रथम ऐतिहासिक जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
पत्रकारीता पेशामा कलम चलाउँदै जिल्लाका विभिन्न ठाउँमा रहेका तामाङ पत्रकारहरुलाई एकै ठाउँमा संगंठित गर्ने उदेश्यले जिल्ला भेलाको आयोजना गरिएको हो । जिल्लामा छरिएर रहेका तामाङ वस्तीको छोराछारीहरुलाई पत्रकारिताको माध्यमबाट तामाङ जातिको भाषा, संस्कार, संस्कृती, रितिरिवाज, धार्मिक परम्परा, मुल्यमान्यताको संरक्षण सम्बद्र्धन गर्ने उदेश्यका साथ भेला आयोजना गरिएको वताइएको छ ।
प्रथम जिल्ला अधिवेशनका प्रमुख अतिथि तामाङ पत्रकार संघ प्रदेश नम्बर १ का अध्यक्ष सन्तवीर मोक्तान तामाङले संचार माध्याम तथा छापा पत्रकारितामा तामाङ पत्रकारहरुको उपस्थिति वढाउन जिल्ला जिल्लामा भेला आयोजना गरिएको वताए । उनले भेला पछि जिल्ला जिल्लामा संगठित पत्रकारहरुलाई व्यावसायिक पत्रकारिता सम्वन्धि तालिम आयोजना गर्न पनि सहज हुने वताए । त्यसैगरी सो अवसरमा शुभकामना मन्तव्य राख्दै फोनिज तेह्रथुमका अध्यक्ष टि. आर. सेनेहाङले आदिबासी जनजाती पत्रकार महासंघ तामाङ पत्रकारहरुको पनि छाता संगठन भएकोले नव गठित समितिलाई शुभकामना दिदै फोनिजले हरकदम सहयोग गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा पत्रकार महासंघ तेह्रथुमका कोषाध्यक्ष दिपक कट्टेल, नव विहानी साप्ताहिकका प्रकाशक कृष्ण बिदुखी गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अधिवेशनको उद्धघाटन सत्रमा समाजसेवी तथा बुद्धीजीवी राम तामाङ, नेपाल तामाङ घेदुङ म्याङलुङ नगर कार्य समितिका अध्यक्ष हर्क बहादुर तामाङ, नेपाल तामाङ घेदुङ तेह्रथुमका पुर्व अध्यक्ष आईत बहादुर तामाङ, म्याङ्गलुङ्ग नगरपािलका वडा नम्बर ७ का सदस्य अगम बहादुर तामाङ, वडा नं. ८ का महिला सदस्य लक्ष्मी तामाङ, वडा नम्बर २ का महिला सदस्य कुमारी वाईबा तामाङ ,वडा नं.१ का वडा सदस्य सल बहादुर तामाङ, तामाङ पत्रकार संघ प्रदेश नम्बर १ का सदस्य मोहन तामाङ, सचिव मकर तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अधिबेसनले पाल्देन गोले तामाङको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको छ । समितिको सचिवमा कृष्ण लुङबा तामाङ र कोषाध्यक्षमा सपना तामाङ रहेका छन् । सदस्यहरुमा पम्फा तामाङ, चन्द्र थिङ्ग तामाङ, वसन्त घिसिङ्ग तामाङ, अमृत वल तामाङ, शान्ता तितुङ्ग तामाङ र लिला पाख्रीन तामाङलाई चयन गरिएको छ । संघका प्रदेश नम्बर १ का कोषाध्यक्ष फुलकुमारी तामाङ (म्हेन्दो) को अध्यक्षतमा कार्यक्रम सम्पन्न भएका थियोे ।






















