तामाङ पत्रकार संघ संखुवासभाको अध्यक्षमा मेघराज

सन्तवीर लामा
धनकुटा । तामाङ पत्रकार संघ संखुवासभाको प्रथम ऐतिहाशिक जिल्ला अधिवेशनले मेघराज तामाङलाई अध्यक्षमा चयन गरेको छ ।

आइतबार सम्पन्न अधिवेशनले मेघराजको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति समेत चयन गरेको छ । संघको सचिवमा अमिस तामाङ र कोषाध्यक्षमा डोल्मा तामाङ चयन भएका छन ।

जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम अधिवेशनको वन्द सत्रले सदस्यहरुमा सुमित्रा तामाङ, लक्की तामाङ, पेमा तामाङ, सुनामाया तामाङ, मनोज तामाङ, मित्रकुमार तामाङ,भविस तामाङ, कमल तामाङ, श्याम कुमार तामाङ, सम्झना तामाङ, राधिका तामाङ र हेम कुमार तामाङ चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि शाक्यले पत्रकार समाजको ऐना भएकाले तामाङ पत्रकार संघ अधिवेशनले संखुवासभाको पत्रकारितामा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले पत्रकारहरुले ऐनामा जस्तो देखिन्छ, त्यस्तै यथार्थ चित्रण गर्नु पर्नेमा जोड दिए । साथै, उनले तामाङ पत्रकारहरुलाई सुझाव दिदै आफ्नो भाषा, संस्कार, संस्कृतिको वारेमा खोजमुलक सामाग्री आ–आफ्नो संचार माध्यामवाट प्रकाशन वा प्रसारण गरेर समुदायसम्म पु¥याउन आग्रह गरे ।

त्यसैगरी तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तविर लामाले तामाङ पत्रकार अब पहिचानको खोजीमा लाग्नु पर्ने बताए । उनले विभिन्न किसिमको देशीविदेशी धर्मको खुल्लम खुल्ला प्रचार प्रसारले गर्दा तामाङ समुदायको धर्म संस्कृति माथि हस्तक्षेप भैरहेको भन्दै तामाङ पत्रकारले अव आफ्नो समुदायलाई सचेत गराउनु पर्नेमा जोड दिए । लामाले तामाङ समुदायमा शिक्षाको कमीका कारण चेतना नहुँदा धर्म परिवर्तन भैरहेकाले तामाङ जातिको संस्कार, संस्कृति र पहिचान गुम्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले अहिलेका सचेत तामाङ समुदायका नयाँ पुस्ताले विभिन्न आस्वाशन दिएर धर्म परिवर्तन गराउनेहरुको भण्डाफोर गर्दै आफ्नो भाषा, संस्कार, संस्कृतिको रक्षा गर्न पत्रकारिताको माध्यामवाट कलम चलाउनु पर्नेमा समेत जोड दिए ।

तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिका सदस्य एवं संखुवासभा जिल्लाका संयोजक मोहन तामाङको अध्यक्षतामा सम्पन्न उद्धघाटन सत्रमा नेपाल आदिबासी जनजाति महासंघ संखुवासभाका पूर्व अध्यक्ष कृष्ण बहादुर तामाङ, नेपाल तामाङ घेदुङ संखुवासभाका अध्यक्ष गणेश स्याङ्बो, नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र कुमार गिरी, आदिवासी जनजाति पत्रकार महासंघ संखुवासभाका अध्यक्ष नविन गुरुङ्ग, जिल्ला घेदुङका सचिव काजी ग्यावा, उर्गेन छ्यालिङ्ग गुम्वा खाँदवारीका अध्यक्ष हस्तवहादुर तामाङ, गुम्वाका लामा धर्मराज लामा लगायत तामाङ पत्रकार संघको प्रथम अधिवेशन सफलताको लागी शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन नवनिर्वाचित अध्यक्ष मेघराज तामाङले गरेका थिए ।

Comments

comments