सवारी दुर्घट्नामा श्रीमान्–श्रीमति कै मृत्यु, छोरा गम्भिर घाईते

काठमाडौँ । भक्तपुरको लोकन्थलीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

गएराति करिब १२ बजे बा ९३ प १४१९ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारको रेलिङमा ठोक्किँदा चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा भक्तपुर सुर्यविनायक बस्ने सिन्धुपालचोक जुगल गाउँपालिका ४ का २३ वर्षीय कुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। श्रेष्ठको उपचारका क्रममा नागरिक अस्पताल गठ्ठाघरमा राति नै मृत्यु भएको हो। मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २५ वर्षीय राजकुमार श्रेष्ठको नागरिक अस्पतालमा उपचार भइरहेको छ।

Comments

comments