जन्ती बोक्ने बस दुर्घट्ना हुँदा ९ जना घाईते

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ स्थित ढुंखर्कबाट खोपासीतर्फ बिवाहको लागी जन्ति लिएर जाँदै गरेको बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार विहिबार बिहान ८ बजे बा ३.ख ५३२३ नम्बरको बस सडकको साईडमा पल्टिदा दुर्घट्ना भएको हो । ५५ जना सवार भएको उक्त बस एक्कासी पल्टेका थियो ।

दुर्घट्नाबाट घाइते हुनेहरूमा बेथानचोक गाउँपालिका–३ का पेमा लामा, राजन लामा, कान्छा तामाङ, सुजन लामा, बिर बहादुर तामाङ, मन बहादुर तामाङ र नमोबुद्ध नगरपालिका–११ का सरिता तामाङ रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको शिरमेमोरियल अस्पताल बनेपामा उपचार पछि घर फर्केका छन् ।

Comments

comments