प्याब्सनको आयोजनामा सामाजिक सुरक्षाकोष सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

धुलिखेल । निजि तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)काभ्रेको आयोजनामा श्रमिक र रोजगारदाताको योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्बन्धि एक दिवसिय अभिमुखिकरण तथा शैक्षिक क्षेत्रमा गतिशिल नेतृत्व विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख डमरु प्रसाद पराजुलिको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा केन्द्रीय प्याब्सनको उपाध्यक्ष आशिष श्रेष्ठ, सचिवद्वय भिमसेन के. सि. र आर. वि. कटुवाल, पूर्व सचिव भुवनलाल श्रेष्ठ, केन्द्रीय प्याब्सनको अनुशासन समितिका संयोजक रवि श्रेष्ठ लगायतको उपस्थिति रहेका थिए ।

कार्यक्रममा केन्द्रीय प्याब्सनको कानुनी सल्लाहकार तथा अधिवक्ता हरिराज भट्टराईले सामाजिक सुरक्षा योजनाको ऐन, नियमावली र कार्य्विधि माथि प्रकाश पार्नु भएको थियो भने अन्य अतिथिहरुले पनि सामाजिक सुरक्षा कोष सम्वन्धि आ–आफ्नो धारणा राखेका थिए ।

प्याब्सन काभ्रेका ६० भन्दा बढी सदस्य विद्यालयका संस्थापक प्रिन्सिपलहरुको सहभागी रहेको उक्त कार्यक्रममा मोटिभेस्नल प्रशिक्षक रविन कटुवालले शैक्षिक क्षेत्रमा गतिशिल नेतृत्व विषयमा प्रशिक्षण दिएका थिए ।

प्याब्सन काभ्रेको अध्यक्ष सत्यनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष सरोज न्यौपानेले स्वागत मन्तब्य राखेका थिए भने सचिव महेन्द्र थिङले कार्यक्रम सञ्चालन गरेका थिए ।

Comments

comments