बनेपाको फोहोरः

बनेपा । काभ्रेको व्यापारिक केन्द्रको रुपमा रहेको बनेपा शहर यतिखेर दुर्गन्धले छाएको छ । बनेपाका टोल, गल्लीमा फोहोरको डंगुर छ । यो न पहिलो पटक हो न त अन्तिम नै ।

बनेपाको फोहोरः

बारम्बार उठ्ने गर्छ बनेपाको फोहोरकोबारेमा । हरेक चोक चोकमा फोहोरको डंगुर भेटिन्छ । पैदल यात्री होस या सवारीका यात्रीहरु नाक थुनेकै छ । शायद मेयर सा’बको नाकमा दुर्गन्धले प्रहार नगरुन्जे यो फोहोरको डंगुर उठ्दैन होला ।

‘भोट माग्ने बेला हामीसँग प्रतिबद्धता जनाएको सामान्य कुरा मात्र पूरा गरे पनि हुन्थ्यो नि मेयरले ।’ स्थानीय रामगोपाल श्रेष्ठले भने, ‘ग्रीन र क्लीन सिटी फोहोरको डंगुर राखेर हुने हो र ?’

बनेपाको फोहोरः

आफ्नै पसल अघिको फोहोरको डंगुले सिमा दाहाललाई निक्कै नै असर गरेको छ । कैयौं पटक विरामी समेत भएकी छिन दाहाल । ‘नगरपालिका मै गएर समेत मैले फोहोर उठाउनका लागि कैयौं पटक भने तर हस मात्र भन्छ । काम हुदैन ।’ उनले भनिन्, ‘अब हामीले नगरपालिका बाहेक कहाँ भन्न जाने ?’

 

बनेपाको चारदोबाटो, चाँदनी चोक, नगरपालिका भवन अघि, गोदमचोक, तीनदोबाटो, पुलबजार यतिखेर दुर्दन्धित छ । त्यसोत गल्ली गल्लीमा समेत फोहोरको डंगुरले भरिएको छ ।
गुनोसोको समेत नगरपालिकाबाट सुनुवाई नभएको स्थानीय बताउँछन् ।

Comments

comments