रामेछाप । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा रामेछापको तीन वटा सडकको कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढेको छ । बहुबर्षिय कार्यक्रम अन्तर्गत रामेछापको तीन वटा सडक कालोपत्रे गर्नको लागि ठेक्का समेत आह्वान भइसकेको छ ।

तीन वटा सडक कालोपत्र गर्नको लागि यस आर्थिक बर्षमा ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री कैलाश ढुंगेलले बताए । कालोपत्रे हुने तीन वटा सडक अन्तर्गत मन्थली–सालु, भिरपानी–गोगनपानी–नागी, मन्थली गाल्वा–चौरी सडक रहेका छन् ।

पहिलो चरणमा तीन वटा सडक कालोपत्रे हुने बताउदै मन्त्री ढुंगेलले रामेछापको आठ वटै स्थानीय तहको सडकको स्तरउन्नती र कालोपत्रे गर्नको लागि आफूले विशेष ध्यान दिएको बताए ।

उहाँकाले सेलेघाट–रामेछाप–साँघुटार ४० किलोमिटर सडक कालोपत्रे गर्नको लागि पनि प्रक्रिया अगाडि बढाइएको बताउदै भन्नुभयो, ‘खिम्ती–रस्नालु सडक अलिले निर्माण भइरहेको छ, प्रदेश सरकार मातहत आउने वित्तिकै बजेट हालेर छिट्टै सम्पन्न हुन्छ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।