पाँचखालको सर्वमंगलामा पूर्व विद्यार्थी पूनर्मिलन समारोह हुँदै

धुलिखेल । पाँचखाल नगरपालिकामा रहेको श्री सर्वमंगला माविका पूर्व विद्यार्थीहरुको पूनर्मिलन समारोह हुने भएको छ ।
धुलिखेलमा पूर्व विद्यार्थीहरुले पत्रकार सम्मेलन गर्दै आगामी पुष १४ गतेका दिने उक्त समारोह हुने जानकारी दिएको हो ।

उक्त विद्यालयका विभिन्न पेशा, व्यवसायमा रहेकाहरुको पूर्व विद्यार्थीहरुको खुबी क्षमतालाई उपयोगमा ल्याउने, पारस्परिक सम्बन्ध बढाउने, अक्षयकोषको स्थापना गर्ने, पूर्व विद्यार्थीहरुलाई संगठित गर्ने उद्देश्यले उक्त समारोह गर्न लागेको पत्रकार सम्मेलनमा आयोजकले बताए ।

पत्रकार सम्मेलनमा संर्वमंगला माविका प्र.अ. छत्रपति ईसर, सहायक प्र.अ. उद्धव प्रसाद अधिकारी, पुर्व विद्यार्थी पुनर्मिलन समारोह समितिका संयोजक रबिन्द्र सिपखान, सह–संयोजक राजन कार्की, सांगीतिक संयोजक रामहरि न्यौपाने, प्रचार प्रसार समिति सदस्य भेष राज दनुवार लगायतका उपस्थिति रहेका थिए

Comments

comments