काभ्रे । जिल्लाको चौंरीदेउराली गाउँपालिकाभित्र १५ शैयाको अस्पताल सञ्चालनमा आउने भएको छ ।
प्रदेश नं. ३ को सामाजिक विकास मन्त्रालय अन्तर्गत यस आर्थिक बर्षको स्वीकृत कार्यक्रम पूर्वाधार भएका १३ जिल्लाका कम्तिमा १ स्थानीय तहमा १५ शैयाको अस्पताल सञ्चालन गर्ने निर्णय भए बमोजिम अस्पताल सञ्चालन हुन लागेको हो ।
अस्पताल सञ्चालन सुरु गर्न आवश्यक चिकित्सक करारमा लिने प्रक्रिया अगाडि बढेको छ । जस अन्तर्गत काभ्रे जिल्लाको धुसिने सिवालय हेल्थपोष्टलाई १५ शैयाको अस्पतालको रुपमा विस्तार गरिनेछ ।
प्रदेश सरकारले १८ स्वास्थ्य संस्थाको लागि मेडिकल अधिकृत (आठौ तह पद करारमा लिने सूचना प्रकाशित गरिएको छ । १५ दिनभित्र कर्मचारी भर्ना प्रक्रिया सकेर लगत्तै अस्पतालबाट सेवा प्रवाह गर्ने कार्यक्रम प्रदेश सरकारले बनाएको छ ।
कुन जिल्लामा कहाँ सञ्चालन हुँदेछ ?

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















